images
images
images

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा, २० जना घाइते

काठमाडौं– बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुवाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशूली नदी किनारमा खस्दा २० जना यात्रुहरू घाइते भएका छन् ।

चितवनको इच्छा कामना गाउँपालिकाको फिस्लिङ नजिकै शुक्रवार बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका हुन् । नेपालगञ्जबाट काठमाडौं लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र विपरीत दिशा गुडिरहेका बा प्र ०१ ०२९ च ३७२० नम्बरको कार एक आपसमा ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

कारसँग ठोक्किएपछि बस सडकबाट करिब २५ फिट तल त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बलको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीसएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये ११ जनालाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ भने एक जना गम्भीर घाइतेलाई सशस्त्र प्रहरी बलको कुरिनटारमा रहेको ट्रमा सेन्टरमा प्राथमिक उपचारपछि भरतपुर नै पठाइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS