images
images

सभामुख घिमिरेद्वारा सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं–सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यहाँहरूले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरूप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS