images
images

गृह मन्त्रालयले गाँजाको लिगलाईजेशनका लागि एक महिनाभित्र कानुनी प्रबन्ध गर्छः उपप्रधानमन्त्री लामिछाने

काठमाडौं–अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानुनी प्रबन्ध गर्ने बताउनुभएको छ ।

आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताएका हुन् । औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानुनी प्रावधान निर्माण गर्ने बताए । त्यसै गरी उनले कानुनी प्रबन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि सुरु गर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले भने, ‘विपद् व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसै गरी यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौँ । गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानुनी प्रावधान निर्माण गर्नेछ । निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्नका निमित्त गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्नको निमित्त निश्चित क्षेत्रमा चाहे त्यो ल्याब खडा गर्नका निमित्त, चाहे अरू प्रयोजनका लागि होस् । निश्चित एरिया भित्र सुरुवात गर्ने छ । त्यो एक महिना भित्र हामी सम्पन्न गर्नेछौँ । ’

उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यक अनुसार कमान सेन्टर स्थापना गरी काम सुरु गरिएको पनि बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS