images
images

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैनः सांसद जबरा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा २०८१ को विभिन्न शिर्षकहरु माथि जारी छलफल अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले जिडिपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फीति उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए । उनले सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपायहरू सुझाइरहेको भए पनि त्यसअनुसार बजेट नआएको बताए । उनले जनताको क्रय शक्ति धेरै घटेको बताए । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको बताए।

उनले भने, ‘जम्मै जिडिपीको वृद्धिदर सुस्त छ । मुद्रास्फीति उच्च छ । बेरोजगारी बढ्दो छ । महत्त्वपूर्ण राजश्व चुनौतीहरू छन् । सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपायहरू सुझाइ रहेका छन् । तर सुधार प्रक्रिया सुस्त छ । र संरचनात्मक समाधान गर्नु र आर्थिक वृद्धिको लचिलोपन सुधार गर्नुमा निर्भर हुनेछ । यसले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । जनताको क्रय शक्ति स्वात्तै घटेको छ । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन । अहिलेको बजेटमा यसको निराकरणका उपायहरू केही पनि लिएको छैन । यो गैर जिम्मेवारीपनाको पराकाष्ठा हो । ६ खर्ब बराबरको बजेट घाटा यो बजेटमा देखाइएको छ । यस्तो ठुलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विसंगति पनि बढ्न सक्छ । वैदेशिक मन्त्रीको वर्तमान अवस्थामा न त वैदेशिक अनुदान, न त वैदेशिक ऋण, न त आन्तरिक ऋणले बजेटमा देखाइए अनुसारको न्यून पूर्ति गर्न सक्ने अवस्था छ ।’

उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS