images
images

पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको पार्टी सदस्यता नवीकरण

काठमाडौं – दुई कार्यकाल नेपालको राष्ट्रपति भएकी विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन्।

२०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत् पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर पार्टी सदस्यता नवीकरण गरेको एमाले स्रोतले जनाएको छ । भण्डारीको पार्टी सदस्यता सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन्।

सात वर्ष राष्ट्रपति पदमा जानुअघि उनी एमालेको उपाध्यक्षको जिम्मेवारी समेत बहन गरिसकेकी थिइन्। भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमालेकै केही नेताहरू सक्रिय भइरहेका छन्। गत जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को प्रमुख अतिथिको रूपमा उद्घाटन भण्डारीले नै गरेकी थिइन्।

दुई दिन चलेको भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रूपमा मात्रै सीमित भए। पार्टी अध्यक्ष नै उपस्थित कार्यक्रममा भण्डारीबाट कार्यक्रमको उद्घाटन भएर ओली र भण्डारीबीचको शक्ति सङ्घर्ष प्रस्ट देखिएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS