images
images
images

रास्वपाबारे प्रचण्डले टिप्पणी, गोजीमा राजीनामा पत्र बोक्नु रास्वपाको पहिचान हो तर सरकारबाट बाहिरिँदैन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट नबाहिरिने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग आक्रोशित बनेको रास्वपाले सरकारबाट बाहिरिने धम्की दिएको थियो ।

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले रास्वपा पार्टी स्थापना दिवसको अवसरमा रास्वपाका मन्त्रीहरू गोजीमा राजीनामा पत्र बोकेर बसेको भन्दै धम्की दिएका थिए । उक्त धम्कीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा पत्र बोक्नु रास्वपाको पहिचान भएको टिप्पणी गरेका हुन् ।

सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘त्यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि, हामी त्यस्ता हौँ भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS