images
images

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प,पर्यटकहरू मर्कामा

काठमाडौं–हिमाली जिल्ला सोलुखुम्बुमा खराब मौसमका कारण लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प भएको छ । हवाई उडान ठप्प हुँदा पर्यटकहरू मर्कामा परेका छन् । गत जेठ २६ गतेदेखि अति व्यस्त उक्त विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् ।

जसका कारण खुम्बु भ्रमणमा आएका पर्यटकहरू मर्कामा परेका हुन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए। सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उनले बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS