images
images
images

लामखुट्टे धपाउन प्रयोग गरिएको गाडीमा आगलागी हुँदा दुई जना घाइते

सर्लाही–सर्लाहीको हरिपुर्वा नगरपालिकामा लामखुट्टे धपाउनको लागि औषधि छर्कने क्रममा पिकअप गाडीमा आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागीबाट औषधि छर्कने मेसिन समेत जलेर पूर्ण रूपमा क्षति भएको छ। मङ्गलवार राति करिब सवा १० बजे हरिपुर्वा नगरपालिका वडा नम्बर–४ स्थित डुमरिया टोलमा रौतहटको गौर नगरपालिकाबाट मगाइएको मधेश प्रदेश ०३–००१ झ ०११८ नम्बरको पिक अप गाडीमा औषधि छर्कने क्रममा अचानक एकाएक आगलागी भएको हो ।

आगलागीमा परी सोही गाडीमा सवार गौर नगरपालिका वडा नम्बर–८ बस्ने गोतन साहका छोरा अन्दाजी वर्षीय २५ को लक्ष्मीनारायण साह र सोही पालिकाको वडा नम्बर–४ बस्ने सरजुग पण्डितको छोरा अन्दाजी वर्षीय ५० को गेना पण्डित घाइते भएका हुन्।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेका प्रहरी टोली घाइते दुवै जनाको उद्धार गरी थप उपचारको लागि एम्बुलेन्समा राखेर जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS