images
images
images

महिलाको शव बेवारिसे अवस्थामा फेला,श्रीमान् र कान्छी श्रीमती प्रहरीकाे नियन्त्रणमा

सर्लाही–सर्लाहीको बरहथवा नगरपालिका वडा न.१२ स्थित लौकठबाट बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। मङ्गलवार बरहथवा–१२ लौकठ बस्ने शङ्कर महतोकी श्रीमती अन्दाजी ३५ वर्षीय लीलावती देवी महतोको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

स्थानीयहरूले बिहान खेतमा काम गर्न निस्किएको अवस्थामा महिलाको शव देखेपछि इलाका प्रहरी कार्यालय हिरापुरमा खबर गरेका थिए। घटना शङ्कास्पद देखिएकोले मृतकका श्रीमान् शङ्कर महतो र निजकी ९कान्छी श्रीमती० सजन देवी महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम पश्चात् देवर सुरेश साहले बुझी लगेको प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS