images
images
images

कांग्रेसका दुई पूर्व मन्त्रीसहित मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्ने अख्तियारको तयारी 

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित कांग्रेसका पूर्व दुई मन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता भएको भन्दै मुद्दा दायर गर्ने तयारी गरेको हो ।

अख्तियार स्रोतका अनुसार निर्णय प्रक्रियामा संलग्नहरूमाथि आजै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ । अख्तियारले सामान्यतः सोमवार र बिहीबार यस्ता मुद्दाहरू विशेष अदालतमा लैजाने गर्छ । शुक्रवार नै आयोगको बैठकले मुद्दा लैजाने निर्णय गरिसकेको स्रोतले जनाएको छ ।

आयोगमा निर्णय प्रक्रियामा संलग्न तत्कालीन मन्त्रीहरू ज्ञानेन्द्रवहादुर कार्की र मोहन बस्नेतमाथि मुद्दा चलाउने सन्दर्भमा आयुक्तहरू विभाजित भएका थिए । तत्कालीन मन्त्रीको सन्दर्भमा मुद्दा दर्ता हुने वा नहुने विशेष अदालतमा अभियोग पत्र लैजाने बेलासम्म मात्र थाहा हुने आयोग स्रोतको भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS