images
images
images

सुनको मूल्य सात सयले घट्यो

काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १८ सय १५ रुपैयाँ रहेको चाँदी आज १७ सय ९० रुपैयाँ कायम भएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS