images
images

एसइईको नतिजा भोली मात्रै प्रकाशन हुने

काठमाडौैं–आज सार्वजनिक हुने भनिएको माध्यमिक शिक्षा परीक्षा९एसइई०को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुगेका कारण नतिजा एक दिन पर धकेलिएको हो ।

बुधवार दिउँसो १ बजेट परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्ड बैठक बसेको थियो। बैठकले बुधवार प्रकाशन गर्दा रात पर्ने भएकाले बिहीबार बिहान ९ बजे नतिजा प्रकाशन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।

‘सबैजसो तयारी भइसक्यो, अब प्रोसेसिङको काम मात्रै बाँकी छ। सिस्टममा प्रोसेसिङ गर्दा चार–पाँच घण्टा लाग्ने रहेछ,’ बोर्ड अध्यक्ष शर्माले भने, ‘आजै प्रकाशन गर्दा राति आठ–नौ बज्ने भयो, त्यसैले भोलि बिहानै नतिजा प्रकाशन गर्छौँ।’

उनका अनुसार बोर्डले यस पटकदेखि रातिको समयमा नजिता प्रकाशन नगर्ने निर्णय पनि गरेको छ। गत १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए।

बोर्डले नतिजामा यस पटक फरक मापदण्ड तय गरेको छ। कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने बताइएको छ। प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अङ्क ल्याउनै पर्ने नियम पनि लागू गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS