
काठमाडौं – प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रवार (भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।