images
images

मलखादको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कडा कारबाही गरिने

सर्लाही–मलखादको कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने सहकारी तथा डिलरहरूलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

अनुदानमा वितरण हुँदै आएको मल खादलाई सहकारी एवम् डिलरहरूले रोपाइँको सिजनमा कृत्रिम अभाव सृजना गर्दै आएका छन् । उनीहरूले कालोबजारी गरी महँगोमा बिक्री गर्ने गरेको गुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालयले त्यस्तो कार्य भए गरेको भेटिएमा कडा कारबाही गरिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले मलखादको कृत्रिम अभाव सिर्जना गरी बढी नाफा लिने तथा कालोबजारी गर्ने सहकारी संस्था तथा डिलरहरूलाई हदैसम्मको कडा कार्यवाही गर्ने चेतावनी दिए ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सहकारी संस्थाको नाममा खोलिएका केही डिलरहरू बिचौलियाको काम गर्दै गुनासो आइरहेको जनाएको छ । त्यस्ता डिलरहरूले बजारमा मलखादको कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्दै आएकाले सर्लाहीका किसानहरूलाई कृषि कर्मको लागि मलखादको अभाव हुन नदिन थप कोटा बढाउनको लागि प्रदेश सरकारसँग पहल समेत भइरहेको समेत सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS