images
images

जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छः पूर्व सभामुख सापकोटा

काठमाडौं–पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको जगबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले समाजवाद संविधानमा उल्लेख गरिए पनि राम्रो व्याख्या नगरिएको बताए । उनले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे । उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए ।

उनले भने, ‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दै छौँ त भन्दा यो लोकार्पण किन गर्दै छौँ त भन्दा हामी हामी ठुलो तयारीमा फेरि जाँदै छौँ । राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भुमरीमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदै छौँ । समाजवाद संविधानमा उल्लेख छ तर त्यसको राम्रो व्याख्या छैन । अब व्याख्या गरेर अघि जानुपर्छ । अघि गयौँ भने यही नै हुनेछ की कमरेड जगबहादुर बोहराप्रतिको सच्चा श्रद्धाञ्जली । म के विश्वास दिलाउन चाहन्छु भने जीवनको अन्तिम घडीसम्म मैले त्याग्न केही कुरा बाँकी छ भने सम्पूर्ण कुरा त्याग्न म तयार छु । सारा तागत लगाएर हामी अघि बढौँ । नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भई छोड्नेछ ।’

पूर्व सभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS