images
images
images

टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रूपमा हुने २५ अर्ब घोटाला रोकेको छः सांसद बस्नेत

काठमाडौं–नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौँ रुपैयाँ घोटाला रोकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौँ रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् । उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए ।

उनले कल बाइपास गरेर वार्षिक रूपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए । उनले आफूले आँट गरेर सो विधिको सुरुवात गरेको बताए । उनले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए ।

उनले भने – ‘टेरामक्समा ३ जना सांसदहरूको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दूध आउने माननीयज्युहरुदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु । यति कुरा म सदनमा राख्न चाहन्छु, टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भिआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसार भरी यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन । नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजश्व घोटाला नेपालमा भएको छ । यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भिओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त रु संसार भरी विधि हुने यहाँचाहिँ विधि नहुने के हो त रु मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला । टेरामक्स नेपालमा अर्बौँ रुपैयाँ राजश्व जोगाउने मन्त्र हो । फर्मुला हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।’

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठुलो संस्था भएको पनि बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS