images
images

धितो पत्र बोर्डको अध्यक्षको नियुक्तिसम्बन्धी सबै प्रक्रिया रद्द

काठमाडौं–धितो पत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी सबै प्रक्रिया रद्द भएको छ । बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिले एक सूचना जारी गर्दै सबै अध्यक्ष छनौटको प्रक्रिया रद्द गरेको जनाएको हो । प्राप्त आवेदनमा ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द गरिएको हो ।

नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो। तर अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्य योजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन सकेन।

हेर्नुहोस् सूचना जस्ताको त्यस्तै

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS