images
images
images

ओली र देउवाले सरकारको नेतृत्व आलोपालो गर्नुहुन्छः प्रवक्ता महत

काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेर बहादुर देउवाले आलोपालो गर्ने बताएका छन् ।

मङ्गलवार बिहान सभापति शेरबहादुर देउवाले निवास बुढानीलकण्ठमा बैठक राखेर एमालेसँग गएको मध्यरातमा भएको सहमतिबारे ब्रिफिङ गरेका हुन्।

सभापति देउवाले पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी दोस्रो कार्यकाल आफूलाई प्रधानमन्त्री छाड्न ओली सहमत रहेको जानकारी गराएका थिए ।

बैठकपछि प्रवक्ता प्रकाश शरण महतले भने, ‘कांग्रेस र एमालेबीच सरकार निर्माण गरेर सँगै अघि बढ्ने सहमति भएको छ। त्यसमा आवश्यकताअनुसार अरू दलहरूलाई पनि समावेश गर्न सकिने भएकोले राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ,’ प्रवक्ता महतले भने, ‘सरकारको नेतृत्व भने ओलीजी र सभापति देउवाजीले आलोपालो गर्नुहुन्छ।’

उनकाअनुसार देउवा र ओलीबीच सैद्धान्तिक र व्यवहारिक सहमतिमा नेतृत्व आलोपालो गर्ने गरी हस्ताक्षर भएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS