images
images

मैले बिहे गर्ने कि कुमार बस्ने भन्रे कुरा पार्टीले नै निर्णय गरिदेओस्ः रास्वपा महामन्री ढकाल

काठमाडौैं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समितिको बैठकमा बोल्न रोक लगाएको छ । पार्टी सभापति रवि लामिछानेले महामन्त्री ढकाललाई बोल्न रोक लगाएपछि लिखत जवाफ सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो व्यक्तिगत जीवनबारे रास्वपाले स्पष्टीकरणका लागि सोधेको विषयमा लिखित रूपमा जवाफ दिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्न नपाएपछि रास्वपा सभापति लामिछानेले आफ्नो व्यक्तिगत जीवनबारे निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरूले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन् ।

उनले पेस गरेको-२ नम्बर बुँदामा लेखेका छन्, ‘मैले बिहे गर्ने कि नगर्ने  ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठिक छ ।’

विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छ, मैले के गर्दा ठिक हुन्छ, तपाईँहरू भनिदिनुस् ।’

उनले आफूले ३८ जिल्लामा घुमेर तयार पारेको प्रतिवेदनमाथि बोल्न नदिएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले अबको सय दिनमा रविको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने समेत माग गरेका छन् ।

हेर्नुहाेस् यस्ताे छ प्रतिवदेन

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS