images
images

ललितपुरका मेयर महर्जनलाई बयानका लागि अख्तियारले बोलायो

काठमाडौं–अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई पत्र काटेर सोधपुछका लागि बोलाएको छ । बाढी पहिरो पीडितका नाममा महानगरलाई हानी हुने गरी रकम बाँडेको उजुरी परेपछि अख्तियारले सोधपुछका लागि बोलाइएको हो।

प्रमुख महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढी पहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो । २०७७ सालमा धापाखेलमा बाढी पहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको अख्तियारको पत्रमा उल्लेख छ।

बुधवार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो। मेयर महर्जनले पनि अख्तियारबाट पत्र आएको स्वीकार गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS