images
images

त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गएः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं–शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ताहरूलाई भर्ती गर्ने दिन गएको बताएकी छिन् । सामाजिक सञ्जाल मार्फत शिक्षामन्त्री श्रेष्ठले उक्त कुरा उल्लेख गरेकी छिन् ।

उनले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ तयार पार्दै सो विनियम अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्,शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो। समस्या पहिचान भएपछि त्यसको समाधान खोज्नै पर्छ। स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ।

मन्त्री श्रेष्ठले यो विनियम मस्यौदा गरी जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्दै नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिनु पर्नेमा जोड दिएकी छिन् ।

 

Image

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS