images
images

सुदूरपश्चिममा अत्यधिक वर्षा, दुई जना बेपत्ता

काठमाडौं–पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा र डोटीमा अत्यधिक वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको दोधारामा पछिल्लो २४ घण्टामा ६२५.२ मिलिमिटर मापन गरिएको छ ।

त्यसै गरी कैलालीका सबै स्थानीय तहको जनजीवन समेत प्रभावित बनेको छ । नदीहरूको जल सतह बढेर पानी बस्तीमा पसेपछि स्थानीय विस्थापित हुने क्रम बढेको छ । मध्य राति सम्मको तथ्याङ्क अनुसार कैलालीका १८५ परिवारका ६६४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा निरन्तर परिरहेको वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन्। वर्षाले जिल्लाको भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास लगायत क्षेत्र बढी प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा अहिलेसम्म ३ सय ३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीका २ सय ५० परिवार, दोधरा–चाँदनी नगरपालिका–१० का ७२ परिवार, पुर्नवास नगरपालिका–५ र ७ का ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ ।

त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लालाई जोड्ने सडकको साहु खर्क भन्ने ठाउँमा पहिरो जाँदा पहाड जाने र तराई झर्ने आगमन पूर्ण रूपमा प्रभावित भएको प्रहरीको भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS