सर्लाहीबाट विभिन्न मुद्दामा फरार रहेका ७ जना प्रतिवादीहरू पक्राउ

सर्लाही–जिल्ला प्रहरी कार्यालय सर्लाही विभिन्न मुद्दामा फरार रहेका सात जना प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत सर्लाहीको जिम्मा लगाएको छ। लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका बरहथवा नगरपालिका वडा नम्बर–१० का गनपतिया देवी ,जयकला देवी,सुदामा देवी रहेका छन् ।

त्यसै गरी ब्रह्म नगरपालिका वडा नम्बर– ७ का तिला कुमारी श्रेष्ठ रहेका छन् । उनीहरू विरुद्ध जिल्ला अदालतले कुटपिट ,ज्यान मार्ने उद्योग ,अपहरण, शरीर बन्धक तथा ठगी सम्बन्धी अपराधमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

सातै जना प्रतिवादीहरूलाई जिल्लाको विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएको भन्ने प्राप्त सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।