images
images

बाढी पहिरोमा परेर हालसम्म ७० जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपदमा परेर हालसम्म ७० जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जेठ २८ देखि सोमबार बिहानसम्म बाढी पहिरोमा परेर ७० जनाको मृत्यु भएको हो । बाढी पहिरोमा ८६ जना घाइते र पाँच जना बेपत्ता छन् । यस अवधिमा बाढी पहिराका नौ सय ६६ घटना भएका छन् ।

त्यसबाट ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपाया पनि मरेका छन् । बाढी पहिरो पीडित नागरिकको उद्धारमा चार हजार सात सय ९० प्रहरी परिचालन गरिएको छ । बाढी पहिरोबाट नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी ले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS