images
images

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष,उपाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही लगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए तर हाल उनी नेकपा एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष रहेका छन् । त्यस्तै, मुद्दा दर्ता गरिएका कर्मचारीहरूमा गाउँपालिकाका इन्जिनियर रामराज शाही, सब ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन् ।

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगको दाबी छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS