images
images

रवि लामिछानेको क्लबबाट निष्कासित भएको हुँः मुकुल ढकाल

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको क्लब छोडेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत डा ढकालले उक्त कुरा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।

यस अघि देशका विभिन्न जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदन लाइभ मार्फत सार्वजनिक गर्न नदिएको भन्दै उनले मुखमा कालो टेप लगाएर विरोध जनाएका थिए । रास्वपाले भने पार्टीको अनुशासन विपरीत अघि बढेको भन्दै उनलाई एक हप्तासम्म निलम्बन गरेको थियो ।

साथै मङ्गलवार बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको अनुसन्धान आयोगले साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियाे। साेही अनुसार ढकाललाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरिएको सह प्रवक्ता मनिष झाले जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS