images
images
images

मनसुनजन्य विपदबाट ७८ जनाको मृत्यु, ९० जना घाइते १० करोडभन्दा बढीको क्षति

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि मङ्गलवार दिउँसोसम्म बाढी पहिरोमा परेर ९० जना घाइते र पाँच जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण तीन सय ८१ पशु चौपायाको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् ।

विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ । बाढी पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS