images
images

जान्नेलाई छान्ने भन्दै उदाएको रास्वपाको आन्तरिक लोकतन्त्र खस्किँदै

काठमाडौं– जान्नेलाई छान्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक लोकतन्त्र खस्किँदै जान थालेको छ । त्यो छनक इलाममा सम्पन्न उपनिर्वाचनले पनि दिएको थियो । पार्टीको यही खस्किँदो यात्रालाई प्रतिवेदनमार्फत सार्वजनिक गर्ने मुकुल ढकाल पार्टीभित्रबाट कारबाहीको सिकार बनेका छन् । रास्वपाले उनलाई अनुशासन विपरीतका गतिविधि गरेको र पार्टी विरुद्धमा लागेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्कासित गरेको छ ।

पार्टी नेतृत्वलाई प्रश्न गरेकै कारण नेताहरू कारबाहीमा पर्ने परिपाटी नेपाली राजनीतिका लागि नौलो होइन । यता, पुराना दलहरूले देशको हितमा काम गर्न सकेनन् भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुराना दलकै लयमा हिँड्न थालेको छ । मुकुल ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि रास्वपाभित्रको विवाद छताछुल्ल भएको थियो । उनले पार्टी यही ढङ्गबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढङ्गले चलेको सम्मका आरोप लगाएका थिए । मुलुककै एक्लो र असली लोकतान्त्रिक पार्टी भएको दाबी गर्ने रास्वपाका नेताहरू अहिले आफ्नै पार्टीको आन्तरिक द्वन्द्वमा फसेका छन् । ढकालले प्रतिवेदनमा रास्वपा सङ्कटमा रहेको उल्लेख गर्दै पार्टी सुधारको सुरुवात सभापति रवि लामिछानेबाट गर्नुपर्ने औँल्याएका थिए भने प्रतिवेदनमाथिको छलफल प्रत्यक्ष प्रसारण हुनुपर्ने माग राखेका थिए तर पार्टीले उनको मागलाई बेवास्ता गरिदियो । यसअघि पार्टीले गत बुधवार ९असार १९० गते सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो । पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेकाले ढकाललाई निलम्बन गर्नु परेको कार्यवाहक प्रवक्ता मनिष झाको दाबी छ । ढकाललाई मङ्गलवार महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट समेत निष्कासित गरेको छ ।

यता, पार्टी खोल्दा र राजनीतिमा उदाउँदै गर्दा सभापति रवि लामिछानेले आफ्नो पार्टीमा बोल्ने र जान्नेलाई ठाउँ भएको दाबी गरेका थिए । तर अहिले आफूमाथि आफ्नै पार्टीका महामन्त्रीले प्रश्न उठाएकै आधारमा कारबाही गरेको भन्दै रविको आलोचना हुन थालेको छ ।

पुराना राजनीतिक दलहरूप्रति नागरिकको वितृष्णा बढेको देखेर नयाँ आशा र जोशका साथ उदाएको रास्वपा पार्टीको आन्तरिक द्धन्दमा फस्न थालेको छ ।
राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले भने,जुन सुकै नयाँ दल भनिएता पनि उहीँ पुरानै दलहरूको सिको गर्दै पार्टीमा हैकम जमाइरहेको बताए । उनले नयाँ नामको मात्रै भएको र काम र व्यवहारमा नयाँपन नदेखिएको तर्क गरे ।

मुकुल ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो । रास्वपा पनि जनताको अपेक्षाभन्दा पर गएर पुराना राजनीतिक दलहरूको सिको गर्दै अघि बढेको टिप्पणी हुन थालेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS