images
images

एमाले सचिवालयको बैठक बस्दै,नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं–नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक बुधवार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकार गठनबारे छलफल हुनेछ। साथै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS