एजेन्सी–इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । साथै ३५ जना बेपत्ता भएका गोरोन्तालो प्रान्तको बोन बोलाङ्गो रिजेन्सीमा पहिरो र अचानक बाढीका पीडितहरूको खोजी गर्न भारी मेसिनरी र हेलिकप्टर तैनाथ गरिएको छ ।
प्रान्तीय खोज तथा उद्धार कार्यालयको परिचालन इकाईका प्रमुख बागस आश्रमाले २३ जनाको शव फेला परेको र ३५ जना अझै बेपत्ता भएको जानकारी दिए।
अभियानमा संलग्न उद्धारकर्ताको सङ्ख्या अघिल्लो दिन २८३ रहेकोमा मङ्गलवार बढेर ४७३ पुगेको छ । संयुक्त उद्धार टोलीमा स्थानीय खोज तथा उद्धार कार्यालयका कर्मचारीहरू, सैनिकहरू, प्रहरी अधिकारीहरू, स्थानीय विपद् व्यवस्थापन निकायहरू र अन्य संस्थाहरू समावेश छन् ।
रिजेन्सीमा प्रकोप व्यवस्थापन र न्यूनीकरण एजेन्सीको परिचालन इकाईका प्रमुख अक्रिल बेब्योन्गोले ७१ जनाको उद्धार गरिएको बताए ।
यस क्षेत्रमा परम्परागत सुन खानी सञ्चालनमा ५ हजारभन्दा बढी कामदारले काम गर्दै आएका थिए । भारी वर्षाका कारण आएको पहिरो र अचानक बाढीले शनिवार मध्यरातमा बोन बोलाङ्गो रिजेन्सीका खानी क्षेत्रहरूमा क्षति पु¥याएको थियो ।