images
images

रास्वपा लक्षित कांग्रेस महामन्त्री शर्माको व्यङ्ग्य, सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्न पर्दैन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा सत्य बोल्दा कसैले कारबाहीको भागे दारी बन्न नपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० प्रति लक्षित गर्दै महामन्त्री शर्माले उक्त व्यङ्ग्य गरेका हुन् ।

सामाजिक ट्विट मार्फत महामन्त्री शर्माले लेखेका छन्,’काँग्रेस राम्रोसँग चलेको छैन बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नपर्छ यति सत्य बोल्दा काँग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन । प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युग देखी यो समयसम्म काँग्रेस जीवन्त छ । रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी ।’

रास्वपाले पार्टी सभापति रवि लामिछानेको आलोचना गरेको भन्दै महामन्त्री डा. मुकुल ढकालमाथि महामन्त्री र प्रवक्ता नरहने गरी कारबाही गरेको थियो । वैकल्पिक शक्तिको रूपमा हेरिएको रास्वपाले महामन्त्री ढकालमाथि कारबाही गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS