images

इजिप्ट र जोर्डनबीच गाजा युद्ध विरामबारे छलफल

एजेन्सी– इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र भ्रमणमा रहेका जोर्डनका समकक्षी अयमान सफादीले बुधवार कायरोमा भेटवार्ता गरेका छन् । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्ध विरामको आह्वान गरेका छन् ।

दुई मन्त्रीहरूले दुई मुख्य लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम जारी राख्न आग्रह गरे । गाजामा तत्काल युद्ध विराम र एन्क्लेभमा मानवीय सहायता आपूर्तिको पर्याप्त प्रवेश दिनुपर्ने बताए । उनीहरूले इजिप्ट र गाजा बीचको राफाह सीमा नाकाबाट सहायता प्रवाह रोक्नको लागि इजरायललाई जिम्मेवार ठह¥याएका छन् ।

इजरायलले हालै क्रसिङको प्यालेस्टिनी पक्षलाई नियन्त्रण गरेको थियो । इजिप्टका विदेश मन्त्रीका अनुसार प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्न खोज्ने इजरायलको व्यवस्थित नीतिहरूलाई दुई मन्त्रीहरूले पूर्ण रूपमा अस्वीकार गरे ।

इजिप्ट, संयुक्त राज्य अमेरिका, कतार र इजरायलका प्रतिनिधिमण्डलहरू बुधवार कतारको राजधानी दोहामा गाजा युद्ध विराम वार्ता पुनः सुरु गर्नका लागि भेला हुँदा इजिप्ट–जोर्डन वार्ता भएको हो ।