images
images

प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

काठमाडौं–नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

बिहीबार काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गरेका हुन्। लेखकले भनेका छन्, ‘प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ।’

नेकपा ९एमाले०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। यसका लागि असार २८ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

कांग्रेसले जारी गरेको ह्विपमा प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन पनि भनेको छ। यससँगै तटस्थ नरहन पनि ह्विप जारी गरेको छ।

यस्तै, एमालेले बुधवार नै ह्विप जारी गरेको थियो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको ह्विपमा प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न भनिएको छ। कांग्रेस एमाले सहमति अनुसार पहिलो कार्यकाल केपी ओली प्रधानमन्त्री बन्ने छन् भने दोस्रो कार्यकाल अर्थात् चुनावी सरकारको नेतृत्व शेर बहादुर देउवाले गर्ने भएका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS