
काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय ७० रुपैयाँ रहेको चाँदी यस दिन १८ सय ८५ कायम भएको महासङ्घले जनाएको छ ।