images
images
images

हेटौँडामा बाढीले बगाउँदा एक बालिकाको मृत्यु

मकवानपुर–मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं.१८ मा बाढीले बगाउँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ।

बिहीबार स्थानीय निवासी धन बहादुर बलकी छोरी १० वर्षीया रसमती बलको मृत्यु भएको हो । बालिका खेततर्फ जाँदै गर्दा बरौली खोला हेर्ने क्रममा अचानक चिप्लिएर खोलामा खसेकी थिइन्। त्यसपछि खोलामा आएको बाढीले उनलाई बगाएको बताइएको छ।

घटनाको जानकारी प्राप्त भएपछि तत्काल खोजी कार्य सुरु गरिएको र खोजी टोलीले घटनास्थलबाट करिब ५ सय मिटर तल पानीमा बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी कार्यालयका डिएसपी प्रवक्ता लक्ष्मी भण्डारीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS