images

प्रधानमन्त्री प्रचण्डले गुमाए विश्वासको मत

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौँ पटक विश्वासको मतको सामना गरेका छन् । प्रमुख सत्ता साझेदार नेकपा एमालेले प्रचण्डको साथ छोडेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार विश्वासको मतको सामना गरेका हुन् ।

शुक्रवार प्रतिनिधि सभा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा भएको मत विभाजनमा प्रचण्डले विश्वासको मत गुमाएका हुन् । कुल उपस्थित सांसद २५८ मध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ विपक्षमा १९४ र दिन्न १ मत परेको हो ।

प्रधानमन्त्रीमा विश्वासको मत गुमाएसँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । यस अघि संसद्का ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदार गर्ने सहमति भएको थियो ।

सो सहमति अनुसार पहिलो कार्यकाल केपी शर्मा ओली र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले लिने भएका हुन् ।

प्रधानमन्त्रीले हालसम्म पाएको विश्वासको मतकाे विवरण हेर्नुहाेस्

पहिलोपटक

२०७९ पुस २६- २ सय ६८

दोस्रो पटक

२०७९ चैत्र ६- १ सय ७२

तेस्रो पटक

२०८० फागुन ३०- १ सय ५७

चौथौं पटक

२०८१ जेठ ७- १ सय ५७

पाचौं पटक

२०८१ असार २८- ६३