images
images

नारायणी नदी टापुमा एक जनाको शव फेला

काठमाडौं–गत शुक्रबार बिहान नारायणघाट–मुग्लिङ सडकको सिमलतालबाट दुई वटा बसहरू त्रिशूलीमा खस्दा बेपत्ता भएका यात्रुहरू मध्ये कुनै एक जनाको शव हुन सक्ने आशङ्का गरिएको छ ।

आइतबार बिहान पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव फेला परेको हो । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३० देखि ३५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पुर्‍याएको छ । यस अघि तीन जनाको शव भेटिएको थियो भने उनीहरूको सनाखत समेत भएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS