images

युरो कप २०२४ को फाइनल खेल- स्पेन र इग्ल्यान्डबीच उपाधिका लागि भिडन्त

काठमाडौं–युरोपेली दशको प्रसिद्ध फुटबल प्रतियोगिता युरो कप २०२४ को फाइनल खलमा स्पेन र इग्ल्यान्डबीच भिडन्त हुँदै छ ।

सानदार लयमा रहेको स्पेन चौथो र लगातार फाइनलमा स्थान बनाएको इंग्ल्यान्ड उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । खेल आइतबार राति नेपाली समय अनुसार १२ ।४५ बजे देखि हुने भएको हो ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा स्पेन चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ । स्पेन पाँचौँ पटक फाइनलमा स्थान बनाएको हो । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलो पटक प्रतियोगिता जित्ने योजनामा छ । लगातार प्रतियोगिताको फाइनलमा पुगेको इंग्ल्यान्डले स्पेनविरुद्ध आफ्नो सामान्य खेल खेल्दै दबाब सिर्जना बनाएको छ ।

प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन्। स्पेनले जर्मनीविरुद्ध अतिरिक्त समयमा खेल जितेको छ । त्यो बाहेक सबै खेल उसले ९०औँ मिनेटमै टुङ्गो लगाएको छ । यता, इंग्ल्यान्ड भने अन्तिम आठबाटै घर फर्कने अवस्थामा थियो । साकाको उत्कृष्ट गोलसँगै बचेसँगै टोलीले पेनाल्टी सुट आउटमा जित निकाल्न सफल भयो । स्पेनले पहिलो खेलमा क्रोएसिया हुँदै इटाली र अल्बानियालाई समूह चरणमा हराएको थियो ।

नकआउटमा जर्जिया, जर्मनी र फ्रान्सलाई हराएको थियो । इंग्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १–० ले हराउँदा दोस्रो खेलमा डेनमार्कसँग १–१ र स्लोभेनियासँग गोलरहित बराबरी खेल्यो । अन्तिम १६ मा स्लोभाकियालाई २–१ तथा क्वार्टर फाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुट आउटमा जित निकालेको थियो । सेमिफाइनलमा भने नेदरल्यान्ड्सविरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो । आर्सनलका विंगरले युरोमा इंग्ल्यान्डको लागि सानदार प्रदर्शन गरेका छन् ।

बल कन्ट्रोल गर्दै जुनसुकै अवस्था विपक्षी बक्सभित्र पु¥याउनु उनको खुबी हो । स्विट्जरल्यान्डविरुद्ध हारिसकेको खेलमा उनले नै टिमको उद्धार गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि साकाको प्रभाव उस्तै थियो । इंग्ल्यान्डले अधिकांश खेलमा रक्षा पङ्क्तिमा उत्कृष्ट प्रदर्शन गर्दै विंगरबाट विपक्षीलाई दबाब दिएको छ । त्यसका बुकायो साकाको भूमिका उत्तिकै छ । २२ वर्षीय खेलाडी स्पेनका लेफ्ट–ब्याक मार्क कुकुरेलाको लागि टाउको दुखाइको विषय बन्न सक्छन् । बुकायो साकालाई अग्र पङ्क्तिमा जुड वेलिंघम, फिल फोडेन र ह्यारी केनले साथ दिनेछन् ।

प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन जारी राखेको स्पेनका लागि युवा खेलाडी यमल लामिन रोड्री, निको विलियम्स, अल्भारो मोरटा र फाविन लुइजजस्ता खेलाडीले सानदार प्रदर्शन गरिरहेका छन् । तर, यी खेलाडीभन्दा पछिल्ला खेलमा डानी ओल्मो विपक्षीका लागि घातक बनेका छन् ।

युवा खेलाडी पेड्री घाइते भएपछि बेन्चमा रहेका ओल्मोले अवसर पाए । बुन्डेसलिगा क्लब आरबी लाइपजिकका यी खेलाडीले जर्मनीमा जादु गरेका छन् । फ्रान्सविरुद्ध जितमा विजयी गोल गरेका छन् । उनले पाँच गोलका लागि अवसर बनाए । तीन गोल गर्दा दुई अशिष्ट गरेका छन् । ओल्मोलाई मध्य भागमा रोड्री र रुइजको साथ छ ।