images

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई

काठमाडौं– कोपा अमेरिका फुटबल २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाई अतिरिक्त समयमा १९० ले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।

यससँगै २३ वर्षपछि उपाधि जित्ने कोलम्बियाको सपना साकार हुन सकेन । साथै कोलम्बियाको ३८ खेल सम्मको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

अर्जेन्टिनाको जितमा लौतारो मार्टीनेजले खेलको १ सय १२औं मिनेटमा गोल गरे । उनले खेलको ९७ औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए। उनले जियोभानी लो सेल्सोको पासमा गोल गरेका हुन ।

कप्तान लियोनेल मेस्सी घाइते भएर दोस्रो हाफमा मैदान बाहिरिए पनि अर्जेन्टिना अन्ततः उपाधि चुम्न सफल भयो ।

सन्‌१९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन उपाधि जितेको हो ।

२०२१ मा कोपा अमेरिकाको उपािध जितेको अर्जेन्टिनाले २०२२ मा विश्वकपको उपाधि पनि हात पारेको थियो