
काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको सालिकमा माल्यार्पण गरेका छन् ।
सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको सालिकमा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए ।
प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीदको सालिकमा माल्यार्पण एवं पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरूले आज नै पदभार सम्हाल्ने छन् ।