images

अफगानिस्तानमा विपद्जन्य घटनाबाट तीन दिनमा ४० जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । साथै घाइतेको सङ्ख्या ३४७ पुगेको देशको जनस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाइएको मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताए  । सोमवार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानसँग सीमा जोडिएको प्रान्तको छिमेकी क्षेत्रमा ठुलो मानवीय तथा आर्थिक क्षति पु¥याएको छ ।

त्यस्तै सोमवार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भागमा आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको छ । भारी वर्षा र बाढीले युद्धग्रस्त देशमा मे महिनादेखि ४ सय भन्दा बढीको ज्यान लिइसकेको छ । हजारौँलाई घरबारविहीन बनाएको छ ।