images

प्रधानमन्त्रीको विश्वासको मतबारे सभामुखले गरे सचेतकहरूसँग छलफल

काठमाडौँ–सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतबारे छलफल गरेका छन् । बिहीबार सभामुख घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत र सदनको क्यालेन्डर कार्यान्वयनबारे दलका सचेतहरूसँग छलफल गरेका हुन् ।

एमालेका मुख्य सचेतक महेश वर्तोलाले भने ‘आजदेखि १५ गतेसम्मको बैठक कुन कुन दिनमा बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई कहिले समय दिने, थप छलफलको लागि भोलि दिउँसो १ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ।’

प्रधानमन्त्री ओलीले आगामी ६ गते प्रतिनिधि सभा मार्फत विश्वासको मत लिने भएका छन् ।