images
images

सिमलताल दुर्घटनामा परेका दुई जनाको शव भारतीय भूमिमा फेला

काठमाडौँ–चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले उनीहरूको शव फेला पारेका हो । सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको छ । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । यो सँगै २३ वटा शव फेला परिसकेको छ ।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS