images
images

उपसभामुख मगरको बचाउ गर्दै रास्वपाले भन्यो,आर्थिक लेनदेन भएको कुनै तथ्य र प्रमाण भेटिएन

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र सम्बन्धी विवादको बचाउ गरेको छ ।

उपसभामुख मगरले पाँच जना नेपालीलाई भिसा मिलाउन अमेरिकी दूतावासलाई लेखेको पत्र सम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सङ्घीय संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।”

उपसभामुख मगरले भिसाका लागि पत्र लेख्दा कुनै आर्थिक लेनदेन भएको तथ्य र प्रमाण नभेटिएको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS