images
images

प्युठानमा ट्याक्टर दुर्घटनामा ६ जना घाइते

प्युठान–प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ऐरावती गाउँपालिका वडा नं ६ उदिक देखि लिफ्ट खानेपानीको सामान र मकै बोकेर ऐरावती ६ बाघ खोर जाँदै गरेको रा १ त ४१६४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ऐरावती –६ बिजुलिकोट बस्ने अन्दाजी ४५ वर्षकी कमला रायमाझी ऐरावती –६ बस्ने अन्दाजी ४५ वर्षकी विमला थापा ऐरावती –६ बस्ने अन्दाजी १५ वर्षकी तृष्णा के।सी जिल्ला अस्पताल बिजुवारबाट थप उपचारको लागि बुटवल रिफर गरी लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

ऐरावती–६ बस्ने अन्दाजी ५२ वर्षीय चुमान सिंह घर्ती मगरलाई जिल्ला अस्पताल बिजुवारबाट थप उपचारको लागि बुटवल रिफर गरी लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । ऐरावती –६ बस्ने अन्दाजी ४२ वर्षकी धनी कुमारी के।सी ऐरावती–६ बस्ने अन्दाजी १७ वर्षीय विक्रम अधिकारी घाइते भएका छन् ।

चालक सम्पर्क विहीन रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के।सी ले जानकारी दिएका छन् ।