images
images

ठुला दल एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट छैनः डा कोइराला

काठमाडौँ–नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

अब जनताले सुशासनको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले काँग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।

देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने,’अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS