images

मानव तस्करमा सङ्लन रहेको भन्दै कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा मगरको राजीनामा माग गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठक मार्फत कांग्रेसले उपसभामुख मानव तस्करीमा सङ्लन भएको भन्दै राजीनामा माग गरेको हो ।

कांग्रेस संसद् रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसद्को नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताए ।

उनले उपसभामुख राना मगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

उनले संसद् र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।