images

भ्रष्टाचार गर्दैनौँ,सहँदैनौँ र कसैलाई गर्न दिँदैनौंः प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। उनले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गरिने बताए ।

उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउने बताए । उनले भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताए । उनले सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने बताए । उनले जो कोही भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताए । उनले सुशासनको लागि स्टण्ड नभएर सही विचार चाहिने बताए ।

उनले भने,‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाँका अगाडि दुनियाँले सुन्ने गरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौँ । भ्रष्टाचार सहँदैनौँ र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्छौँ । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ । भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौँ । सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौँ । जो कोही भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौँ । सुशासनको लागि स्टण्ड होइन सही इन्टेन्सन चाहिन्छ । सरकारले आफू अग्लो र अरूलाई होचो बनाउने काम गर्ने छैन ।’

उनले सरकारले आफू अग्लो र अरूलाई होचो बनाउने काम गर्ने बताए ।