images

संविधान संशोधन हुन्छः देउवा

काठमाडौं–सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेकाे विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए ।

सभापति देउवाले भन्नुभयो, ‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरुबीच संवाद, सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ । गत असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता केपी शर्मा ओली नेपाली काँग्रेस समेतको समर्थनमा उहाँ विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रस्तुत हुनुभएको छ ।’

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले काँग्रेस र एमाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए ।