images

एन्जिलाको कप्तानीमा साफ च्याम्पियनसिप खेल्ने टोलीको घोषणा

काठमाडौं । नेपालले महिला साफ च्याम्पिनसिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तोम्बाप्पो सुब्बाको कप्तानीमा राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् ।

फरवार्डमा सावित्रा भण्डारी सहित रेखा पौडेल, अनिता केसी र रश्मी कुमारी घिसिङ छन् ।

मिडफिल्डमा रेनुका नगरकोटी, प्रिति राई, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अमिशा कार्की र बिमला चौधरी छन् ।

डिफेन्समा गिता राना, अमृता जैशी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला बिके, हिरा कुमारी भुजेल र सजनी थोकर छन् ।

गोलकिपरमा कप्तान एन्जिलासँगै अन्जन राना मगर, उषा नाथ छन् ।

नेपालको आयोजनामा महिला साफ च्याम्पियनसिप आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुदैछ ।

नेपालले शनिबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल महिला साफको उपविजेता समेत हो, बंगलादेश डिफेन्डिङ च्याम्पियन हो ।